उपप्रधानमन्त्री महाराले आज चीनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गर्दै

उपप्रधानमन्त्री महाराले आज चीनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गर्दै

  • मङ्लबार, साउन ३२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ ३२ साउन । 

चीन भ्रमणमा रहँनु भएका उपप्रधान एमव् अर्थमन्त्री कृष्णबहादुर महराले आज चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दै हुनुहुन्छ ।

उपप्रधानमन्त्री महरा र विदेशमन्त्री वाङबीच बेइजिङस्थित चिनियाँ विदेशमन्त्रालयमा भेटवार्ता तय भएको बेइजिङस्थित कार्यवाहक नेपाली राजदुत हरीचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

भेटमा नेपालको पछिल्लो राजनितिक अवस्था, दुई देशबीचको सम्बन्ध सुधार लगायतका विषयमा छलफल हुने बताइएको छ ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन तथा दुई देशबीचको सम्बन्ध सुदृढ बनाउका लागि सरकारको विषेश दुतका रुपमा हिजो चीन जानु भएका अर्थमन्त्री महराले आजबाट उच्चस्तरीय भेटवार्ता गर्न लाग्नु भएको हो ।

चीन भ्रमणका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री लि खछ्याङसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्ने तयारी भइरहेको छ ।

सो क्रममा महराले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक निमन्त्रणा चीन सरकारलाई हस्तान्तरण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ