संविधान त्रुटिपूर्ण रहेको बाबुराम भट्टराईको भनाई

संविधान त्रुटिपूर्ण रहेको बाबुराम भट्टराईको भनाई

  • सोमवार, साउन ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

तनहुँ, साउन ३१ ।

पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अहिले बनेको संविधान त्रुटिपूर्ण रहेको दाबी गर्नुभएको छ ।

प्रेस सोसाइटी नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. भट्टराईले नयाँ संविधान त्रुटिपूर्ण रहेकोले सच्चाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । संविधान बनेपछि सीमांकनको विषयमा आन्दोलन भइरहेकाले संविधान संशोधन गरी उनीहरुको माग पूरा गर्नेतर्फ सरकार सक्रिय बन्नुपनमा जोड दिनुभयो ।

संसदीय प्रणालीबाट जाने परिपाटीको अन्त्य गरिनुपर्ने भन्दै उहाले प्रत्यक्ष निर्वा्चित राष्ट्रपतिमा जाने व्यवस्था हुनुपर्ने बताउनु भयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो , ‘तोकिएको म्यादी सरकारले काम गर्न कठिन हुन्छ’ ‘कम्तीमा पनि पाँच वर्ष शासन व्यवस्था चलाउन पाउने प्रावधान बन्नुपर्छ ।’

‘म्यादी सरकार बन्दा कर्मचारीले नटेर्ने र अन्य निकाय सक्रिय नहुने हुँदा सोचेअनुरुप काम गर्न कठिन परिस्थिति सिर्जना हुन सक्ने उहाको आशंका छ ।

एक फक प्रशंगमा भट्टराईले नयाँ शक्ति नेपाल संगठन विस्तारकैक्रममा रहेकोले आगामी तीन महिनाभित्र अहिले रहेको सदस्य संख्याको दोब्बर संख्या र्पुयाउने लक्ष्य राखेको जानकारी गराउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ