काठमाडौ ३१ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीजि क्षेत्रको सहकार्यमा आर्थिक विकासका लागि सरकारले काम गर्ने बताउनु भएको छ ।
आज बिहान नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिसँगको भेटमा उहाँले नीजि क्षेत्रको सहकार्यमा आर्थिक विकासका लागि सरकार सकारात्मक रहेको बताउनु भएको हो ।
आर्थिक विकासबिना मुलूकका अन्य उपलब्धिहरु संस्थागत हुन कठिन हुने भन्दै प्रधानमन्त्री दाहालले नीजि क्षेत्र र सरकार मिलेर काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले आर्थिक विकास र समृद्धि सरकारको प्राथमिकतामा रहेको समेत प्रष्ट पार्नुभएको छ । भेटमा नीजि क्षेत्रका प्रतिनिधिहरुले आर्थिक विद्येयकहरु छिटो पारित गराउन, कालोबजारी ऐन संशोधन गर्न तथा तातोपानी नाका खुलाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline