उपप्रधानमन्त्री महरा आज चीन जाँदै

उपप्रधानमन्त्री महरा आज चीन जाँदै

  • सोमवार, साउन ३१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ ३१ साउन ।  

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा आज उत्तरी छिमेकी मुलक चीन जाँदै हुनुहुन्छ । सरकारको विषेश दुतका रुपमा उहाँ आज बिहान ११ बजे राजधानी बेइजिङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति सि जिन पीङ, प्रधानमन्त्री लि खछ्याङ लगायतका चिनीयाँ उच्च अधिकारीसँग भेटवर्ता गर्ने कार्यक्रम रहेको छ ।

सो क्रममा राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमण, दुई पक्षीय हित र सम्बन्ध सुधारका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनीयाँ समकक्षी सि लाई नेपाल भ्रमणका लागि पठाउनु भएको निमन्त्रणा पत्र विशेष दुत महराले चीन सरकारलाई हस्तान्तरण गर्नुहुने बताइएको छ ।

उपप्रधानमन्त्री महराको साथमा परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्याल पनि चीन जानु हुनेछ । उहाँ आगामी भदौ ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी