३० साउन, काठमाडौं ।
नेकपा एमालेको स्थाई कमिटि बैठकमा आज स्थानीय निकाय पुनसंरचनाबारे पार्टीको दृष्टिकोण बनाउने, प्रदेश कमिटीहरुलाई पूर्णता दिने लगायतका सात एजेण्डामाथि छलफल सुरु भएको छ ।
पार्टी कार्यलय धुम्बाराहिमा आजबाट सुरु बैठकमा आज छलफलका लागी सात एजेण्डा प्रस्तुत गरिएका छन् ।
जस अन्तरगत विगतका कामको समिक्षा एक नम्बर एजेण्डामा राखिएको छ । त्यस्तै आगामी पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठकको मिति पनि यहि बैठकले तय गर्ने छ ।
स्थानीय निकाय पुनसंरचनाबारे पार्टीको दृष्टिकोण बनाउने, प्रदेश कमिटीहरुलाई पूर्णता दिने, सल्लाहकार परिषद बिस्तार, जेष्ठ कम्युनिस्ट मन्च गठन लगायतका एजेण्डाहरु बैठकमा पेश भएका छन् ।
ती एजेण्डमाथि भोलीदेखि छलफल हुने सचिव एबम् प्रचार बिभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
सरकारबाट बाहिरिएपछि पहिलो पटक बसेको एमाले स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक जीवनका महत्वपूर्ण एजेण्डाहरुमा छलफल गरि निर्णय लिनु परेकाले बैठक लम्बिएको एमालेले जनाएको छ ।