स्क्रब टाइफस रोकथाम गर्न मुलुकका १५ स्थानमा केन्द्र स्थापना

स्क्रब टाइफस रोकथाम गर्न मुलुकका १५ स्थानमा केन्द्र स्थापना

  • आइतवार, साउन ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

३० साउन, काठमाडौ । टेकुस्थित इपिडिमियोलोजी शाखाले स्क्रब टाइफसको विरामीको उपचारका लागि ‘स्वास्थ्य सम्बन्धी सचेतना’ कार्यक्रम अन्तर्गत देशका विभिन्न जिल्लामा उपचार केन्द्र स्थापना गर्ने तयारी सुरु गरेको छ ।

देशका विभिन्न जिल्लाहरुमा स्क्रब टाइफसका विरामीको संख्या बढ्दै गएपछि शाखाले मुलुकका १५ स्थानमा स्क्रब टाइफस उपचार केन्द्रको स्थापनाको तयारी सुरु गरेको हो । यसको लागि शाखाले देशभरका स्वास्थ्य संस्थाहरुमा आन्तरिक निर्देशिका समेत पठाइसकेको छ ।
अहिलेसम्म धरान, विराटनगर, चितवन, बुटवल, दाङ लगायतका स्थानमा केन्द्र सन्चालनमा आईसकेका छन् ।

‘सामान्य एन्टिबायोटिकले निको हुने यो रोगबारे जनचेतना फैलाउन नसक्दा मानिसहरुमा गम्भीर असर देखिएको शाखाले जनाएको छ ।

केन्द्रमा कार्यरत अहेव, नर्स, स्वास्थ्य स्वंयसेविका तथा चिकित्सकहरुलाई यसको उपचार विधिबारे जानकारी दिने तयारी सरु गरिएकोजनाईएके छ ।

नेपालमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या हाल ७३ पुगेको छ । धादिङ, नुवाकोट, दाङ, चितवन, धनगढी, बुटवल लगायतका देशभरका २० जिल्लामा यसको संक्रमण देखिएको छ ।

संक्रमणकै कारण गत साउन २५ र २६ गते बोया ३ भोजपुरका तीन वर्षीय मौसम विक तथा वाला, संखुवासभाका १५ महिने बालक संयोग राईको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

टाइफस मुसा, छुचुन्द्रो लगायतका जीवहरुबाट सर्ने यो रोग ‘रिकेटसिया’ नामक एक व्याक्टेरियाका कारण मानिसमा सर्ने गर्छ । यो रोग मुसा, छुचुन्द्रोमा लगायतमा पाइने ‘माइट’ भनिने किर्नाले मानिसमा सार्ने काम गर्छ ।

विशेषगरी झार, चौर, घासपात, पुरानो काठहरुमा बस्ने यस्ता किर्नाले सो व्याक्टरिया मुसाबाट मानिसमा सारेपछि मानिसहरु यसबाट संक्रमित बन्छन् । यो रोग यसअघि देखिएपनि नेपालमा असर खासै देखिएको थिएन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी