फेरी बल्झियो नेविसंघको प्रतिनिधि विवाद

फेरी बल्झियो नेविसंघको प्रतिनिधि विवाद

  • आइतवार, साउन ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ ,३० साउन ।
नेविसंघको जारी ११ औं महाधिवेशनमा प्रतिनिधि विवाद पुन बल्झिएको छ । बिवाद बल्झिएपछि निर्वाचन तालिका प्रभावित हुने आशंका बढेको छ ।

निर्देशक समितिलाई ३ हजार ७ सय ६० जनाको नामावली निर्वाचन समितिलाई हस्तान्तरण गरेपछि आजबाट प्रतिनिधि परिचय पत्र बाँड्न सुरु गरिएको थियो ।

तर हालसम्म एक हजार जनाले मात्रै परिचयपत्र बुझेको निर्वाचन समितिका संयोजक भरत खरेलले जानकारी दिनुभयो । कंग्रेस मुख्यालय सानेपाबाट ३ बजेसम्म प्रतिनिधि परिचयपत्र बाँड्ने कार्यक्रम भईरहेको छ ।

विद्यार्थीहरुले निर्वाचनका लागि मनोनयन पत्र समेत बुझेर लगिसकेकाले कार्यतालिका प्रभावित नहुने उहाँको दाबी छ । निर्देशक समितिका सदस्य प्रदीप पौडेलले पनि कुनै पनि हालतमा निर्वाचन कार्यक्रम नबिथोलिने दाबी गर्नुभयो ।

तर, कंग्रेस नेता रामचन्द्र पौडल पक्षले नामावली प्रकाशन हुँदा व्यापक हेरफेर भएको भन्दै निर्वाचन प्रकृया अघि नबढाउन सभापति शेरबहादुर देउवासँग आग्रह गरेको छ ।

सो पक्षबाट निर्देशक समितिमा सदस्य रहेका गोविन्द भट्टराई र गुरुराज घिमिरेले पनि विज्ञप्ति निकाली संख्या बढाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

निर्देशक समितिमा रहेका अर्का एक सदस्यका अनुसार हिजोको बैठकमा घिमिरेले आफूलाई पनि प्रतिनिधि सदस्यमा केही प्रतिशत हिस्सा दाबी गरेका थिए ।

त्यसमा समितिका अन्य सदस्यहरुले आपत्ति जनाएपछि घिमिरे बैठक छोडेर हिंडेको स्रोतले बतायो ।
यस्तै विद्यार्थी नेताहरु मनोजमणि आचार्य, निलकण्ठ रिजाल, पदमराज पन्त, विनिता अधिकारी, आनन्दराज त्रिपाठी, क्षितिज भण्डारी र दिपक भट्टराईले संयुक्त विज्ञप्ति निकाली सार्वजनिक नामावलीप्रति असहमति जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ