काठमाडौं, साउन ३० ।
छिमेकी मुलुकसँगको सम्बन्ध सुधारका लागी उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा आगामी सोमबार चीन जाने हुनुभएको छ ।
चीन र नेपालको सम्बन्ध सुधारका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा महरा बेइजिङ जान लाग्नुभएके छ ।
प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधानमन्त्रीद्वाय महरा र विमलेन्द्र निधिलाई चीन र भारत पठाउने मन्त्रिपरिषद बैठकले यसअघि नै निर्णय गरिसकेको छ ।
भ्रमणका क्रममा अर्थमन्त्री महराले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे सम्वद्ध अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री निधिको भारत भ्रमणको मिति भने तय भएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline