काठमाडौ ,३० साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका चिकित्सकलाई निलम्बन गर्न निर्देशन दिनुभएको छ ।
शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका चिकित्सकले बिरामी जाँच गरिरहेको गुनासो आएपछि आज बिहान स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीलाई टेलिफोन गरी सो निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
नक्कली चिकित्सकको अभियोगमा पक्राउ परेकाहरु हिरासतमुक्त भएपछि पुनः बिरामी जाँच्न थालेको जानकारी आएको भन्दै प्रधानमन्त्री दाहालले तत्काल ती चिकित्सकलाई मेडिकल काउन्सिलबाट निलम्बन गरी बिरामी जाँच्नबाट रोक्न निर्देशन दिनु भएको हो ।
स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील विषयमा चनाखो भएर काम गर्न पनि उहाँले स्वास्थ्य सचिव उप्रेतीलाई निर्देशन दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline