काठमाडौ ३० साउन ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको विवादास्पद महाधिवेशन अन्तरगत आज नयाँ नेतृत्व चयनका लागि उमेदवारीको मनोनयन दर्ता हुदैछ ।
आज अपरान्न ३ बजेदेखि बेलुका ६ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ । उमेदवारको अन्तिम नामवली भने भोली साँझ ६ बजेपछि मात्र प्रकाशन गर्ने समितिको तयारी गरेको छ ।
लामो समयको विवादपछि हिजो राति मतदाताको अन्तिम नामवली सार्वजनिक भएसँगै आजबाट निर्वाचन प्रक्रिया अघि बढेको हो । गत आइतबार राजधानीमा उद्घाटन भएपनि प्तिनिधि विवादका कारण एक सातासम्म अधिवेशन अन्तरगतका कुनैपनि कार्यक्रम अघि बढ्न सकेको थिएन ।
नयाँ नेतृत्व चयनका लागि पर्सी मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुने समितिले जनाएको छ । निर्देशन समतिले तयार पारेको ३ हजार सात सय प्रतिनिधी मतदानमा सहभागी हुनेछन् ।
नेवि संघले प्रादेशिक संरचना अनुसार एक सय ५१ सदस्यीय केन्द्रिय समिति रहने गरी विधानको टुङ्गो लगाएको छ । जसअनुसार एक अध्यक्ष, १३ जना उपाध्यक्ष, तीन महामन्त्री १६ सहमहामन्त्री, एक कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् ।