काठमाडौ ३० साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । कांगे्रसबाट बाँकी मन्त्रीको नाम आउन ढिलाई भएपछि प्रधानमन्त्री दाहालले आफ्नो पार्टी माओवादी केन्द्रबाट केही मन्त्री थप्ने तयारी गर्नुभएको हो ।
माओवादी केन्द्रको हेडक्वाटर बैठकले यसअघि नै मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री दाहाललाई दिएको थियो । सहमति अनुसार माओवादी केन्द्रले आठ ओटा मन्त्रालय पाएको छ ।
आफ्नो भागमा परेका आठमध्ये तीन मध्ये तीन मन्त्रालयमा यसअघि नै मन्त्री पठाइसकेको माओवादी केन्द्रले आज बाँकी रहेका पाँच ओटा मन्त्रालयमा आज साँझसम्ममा मन्त्री छनोट गरी मन्त्रीमण्डल विस्तार गर्ने तयारी भएको प्रधानमन्त्रीका स्वकीय सचिव रामेश मल्लले जानकारी दिनुभयो ।
आफ्नो भागमा परेका अर्थ कृषि र युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री छानिसकेको माओवादी केन्द्रले उर्जा, स्थानीय विकास, शिक्षा, सुचना तथा सन्चार लगायतका मन्त्रालयमा मन्त्री छान्न बाँकी छ ।
प्रधानमन्त्री दाहालले विगतमा राम्रो कार्य सम्पादन गरेका र नयाँ अनुहारलाई प्राथमिकतामा राखेर मन्त्री छनोट गरेको बताइएको छ ।