छिमेकी र कान्छो साउ

छिमेकी र कान्छो साउ

  • शनिबार, साउन २९, २०७३
  • झनक श्रेष्ठ

  • 9.6K
    SHARES

छिमेकीको नजर कणाली तिर
कसैको नजर गुम्बा तिर
देश जलाइन्छ हाम्रो
घर भत्काइन्छ हाम्रो
भूमि उजाड बनाइन्छ हाम्रो
सामुदायिकता खलवल्याइन्छ हाम्रो
छिमेकीको हेराइ हिमाल तिर
परिश्चमाको हेराइ बाइबल घोकाउने तिर

बारा, पर्सा र रौतहट सुकिरहेछ
१०७२ साल सायद आज लुकिरहेछ
किन भने २०१६ सालले प्रश्न गरिरहेछ
८५७ क्युसेक पानी बराबर आज
४०० क्युसेक मात्र कसरी भयो
छिमेकीको ध्यान विआइसिसिमा कम्पन ल्याउने तिर
कसैको ध्यान तराइ टुक्राउने तिर
कसैको व्यवसाय राज्य खोक्रो बनाउने तिर

आफ्नै आगनमा पानी भरेको गाग्री
सिमापार लागि फिर्ता ल्याउदा अमृत बन्छ
यो आम नेपालीको भनाइ होइन
इतिहासको सोचाइ यस्तै यस्तै बढिरहेछ

पश्चिमको अपि र सैपाल अनि पुर्विको कञ्चनजंगा
यस्तै यस्तै फुस्रा भ्रमको विश्वासमा लडिरहेछ
आरको हिमाल र दक्षिणको तराइ बीचमा
यस्तै यस्तै जाली र भ्रमकारीको जालो अगाडि बढिरहेछ
नेपाली जनता मुसुमुसु हास्दै सबै बेधिती हेरिरहेछ
एक क्षण दुइ क्षण् गरी दक्षिणको फुलङ्गार
हाम्रो ढोका ढकढक्याउदैछ
तिमि मसँग आऊ
पुर्व पनि नहेर
पश्चिम पनि नहेर
अनि आफैलाई पनि नहेर
मात्र दक्षिणतिर हात जोड
उत्तरतिर पनि नजाऊ
तिम्रो आफ्नै उत्तरतिर नजाऊ
होइन होइन उत्तरतिर नजाऊ

हिमालको बाँध अनि तराइको फाट
पुर्वको मेची अनि पश्चिम महाकालीको साँध
आफै चल्न खोज्छ तर कथित माइलो साउ
आफ्नै खुट्टा टेक्नु होइन
छिमेकीको खुट्टा ढोक्नु
उसको सेवा सम्झिन्छ

छिमेकीको नजर भुटानिकरण तिर
अनि फिजिकरण तिर
हाम्रो नजर स्वाभिमान तिर र वर्ग संघर्षतिर
तर साउ कान्छाको नजर छिमेकीको गुलामी तिर
त्यस्तै साउ कान्छाको नजर हाम्रो स्वाभिमानको मलामीतिर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी