संविधान कार्यान्वयन हुन नदिनेका बिरुद्ध भिषण आन्दोलन गछौ : ओली

संविधान कार्यान्वयन हुन नदिनेका बिरुद्ध भिषण आन्दोलन गछौ : ओली

  • शनिबार, साउन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं ,२९ साउन  ।

पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिने चलखेल बढेकाले त्यसका बिरुद्ध लड्न तयारी अवस्थामा बस्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

पार्टी स्कुल विभागले शनिबार कठमाडौंमा गरेको कार्यक्रममा बोल्दै ओलीले आफ्नो सरकारले संविधान कार्यान्वयन गर्ने कार्यतालिका बनाएपछि अतालिएर काग्रेस माओवादी केन्द्रले सरकार ढालेको आरोप समेत लगाउनु भयो ।
उहाले भन्नुभयो , कांग्रेस र माओवादीले संविधान कार्यान्वयन नगर्ने संगठित योजना अनुसार आफ्नो सरकार ढालेको हुन् , त्यसका बिरुद्ध अब एमालेले भिषण आन्दोलन गर्छ ।

सो आन्दोलनका लागी तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिदै उहाले संविधान कार्यान्वयन नगर्ने षड्यन्त्रविरुद्ध पार्टीका सबै संयन्त्र परिचालन गरिने बताउनु भयो ।

२०७४ माघ अघि धेरै काम गर्नु पर्ने भन्दै उहाले निर्वाचन एमालेको चाहना भएको धारणा राख्नुभयो ।

सरकार परिवर्तन गरेर मुलुकको राजनीतिलाई कुबाटोमा धकेलेको भन्दै उहाले राजनीतिलाई सही बाटोमा ल्याउन दवाब सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो ।

पार्टी्भित्रको विवादतर्फ संकेत गर्दै एमाले अध्यक्ष ओलीले अनुचित कुरामा संगठन र व्यक्ति अल्झिन नहुनेमा पनि जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी