नेविसंघको विवाद अझै मिलेन ,निर्वाचन प्रक्रिया प्रभावित

नेविसंघको विवाद अझै मिलेन ,निर्वाचन प्रक्रिया प्रभावित

  • शनिबार, साउन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौ ,२९ साउन ।
नेपाली कांग्रेसको भातृ संगठन नेवि संघको विवाद अझै मिल्न सकेको छैन । माउ पार्टी काग्रेसका शिर्ष नेताहरुले बिबाद मिलाएको दाबी गरेपनि पदीय भागबण्डा नमिल्दा निर्वाचन प्रक्रिया नै अन्योलमा परेको छ ।

नेविसंघले महाधिवेशनमा सहभागी प्रतिनिधिको अन्तिम नामावली समेत अझै प्रकाशन गर्न सकेको छैन । आज बिहान अन्तिम नामावली प्रकाशन गर्ने भनिएपनि अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन ।

नामावलीमा समेत हिजो भागबण्डाका आधारमा मिलाएपनि राति प्रकाशनको तयारी करिएको तर आन्तरीक कारणले नै प्रकाशन भने गर्न नसकिएको प्रवत्ता युपि लामिछानेले बताउनु भयो ।

सम्भव भएसम्म आजै प्रकासन हुने र भोली मात्रै मनोनय दर्ता गरिने उहाले बताउनु भयो । विवादका कारण निर्धारित समय भन्दा पर धकिलिएको महाधिवेशनमा बन्दसत्र बिना नै उमेदवार मनोनयन गर्ने नेविसंघको तयारी छ ।

नेतृत्व चयनका लागि मतदान भने पर्सिमात्रै गर्नेगरी कार्यतालिका तय गरिएको बताईएको छ ।

महाधिवेशन सुरु भएको एक साता हुन लाग्दा समेत बन्द सत्र सुरु नभएपछि देशभरबाट आएका प्रतिनिधिहरु आक्रोशित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी