काठमाडौ २९ साउन ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शितल निवासमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, मन्त्रीमण्डल विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ ।
भेटमा राष्ट्रपति भण्डारीले संविधान कार्यन्वयका साथै मन्त्रीमण्डल विस्तारमा बारेमा चासो राख्नु भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
सो क्रममा प्रधानमन्त्री दाहालले भोली सबै दललाई समेटेर सरकार विस्तारको तयारी गरेकोबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराउनु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline