नेविसंघको आगामी नेतृत्वका लागि आज मनोनयन दर्ता

नेविसंघको आगामी नेतृत्वका लागि आज मनोनयन दर्ता

  • शनिबार, साउन २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ, २९ साउन ।
नेपाली कांग्रेसको भातृ संगठन नेवि संघको विवादास्पद महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि उम्मेदवार मनोनयन दर्ता हुदैछ ।

प्रतिनिधि विवादका कारण निर्धारित समय भन्दा पर धकिलिएको महाधिवेशनमा बन्दसत्र बिना नै उमेदवार मनोनयन हुन लागेको हो ।

गत आइतबार उद्घाटन लगत्तै अधिवेशन बिना नै भागबन्डाका आधारमा प्रतिनिधि बनाइएका ११ जिल्लाको विवाद मिलाउन नसकेपछि बन्दसत्र सुचारु हुन सकेको थिएन ।

प्रतिनिधिको सूची निर्वाचन समितिलाई दिन ढिलाई भएका कारण बन्द सत्र सुरु हुन नसकेको विवाद समाधानका लागि गठित निर्देशन समितिका संयोजक प्रकाश शरण महतले जानकारी दिनुभयो ।

सकितिले असन्तुष्ट कृष्णाप्रसाद सिटौला पक्षलाई २ सय १५ र महेन्द्र शर्मा पक्षलाई १ सय १० प्रतिनिधि दिने समझदारी गरेको छ ।

दलका शिर्ष नेताले प्रतिनिधि विवाद मिलाएसँगै आज मतदाताको अन्तिम नामवली प्रकाशन तथा मनोनयन र भोली नेतृत्व चयनका लागि मतदान गर्नेगरी कार्यतालिका तय गरिएको महतले बताउनु भयो ।

महाधिवेशन सुरु भएको ४ दिन बिचिसक्दा पनि बन्द सत्र सुरु नभएपछि देभरबाट आएका प्रतिनिधिहरु आक्रोशित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी