काठमाडौं ,२८ साउन ।
स्थानिय निकायको पुनरसंरचना , प्रदेश संयोजक तोक्ने लगायतका बिषयमा छलफल गर्न नेकपा एमालेको स्थाई कमिटिको बैठक बस्दै छ ।
पार्टि कार्यलय धुम्बाराहिमा अपरान्ह ३ बजेपछि बस्ने बैठकमा स्थानिय निकायको पुनरसंरचना , प्रदेश संयोजक तोक्ने तथा पार्टि सल्लाहाकार समिति गठनका बिषयमा छलफल हुने छ ।
आजको बैठकले प्रदेश संयोजक तोक्नुका साथै पार्टी केन्द्रय सल्लाहाकार समिति बनाउने र जेष्ठ कम्यिुनिष्ठ मन्च गठन एमाले सचिव भीम आचार्यले जानकारी दिनुभयो ।
महाधिवेशन भएको २ वर्षसम्म पनि अन्चल समन्वय कमिटी गठन गर्न नसकेको एमालेले आज प्रदेश कमिटीका संयोजक तोक्ने लागेको हो ।
तर संयोजक तोक्ने तयारी गरेपनि प्रदेश कमिटीको नेतृत्व कसले गर्ने भन्ने विवाद नमिलेकाले आजको बैठकले नै बिबाद हल गर्ने नेताहरुले बताएका छन् ।
स्थायी कमिटी सदस्यले प्रदेश प्रमुख बन्ने अवस्थामा सुवास नेम्वाङ, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, छविलाल विश्वकर्मा, शंकर पोखरेल र मुकुन्द न्यौपानेलाई जिम्मेवारी दिने अनौपचारिक प्रस्ताव छ ।