अख्तियार अगाडि प्रदर्शन गर्न प्रतिवन्ध किन ?

अख्तियार अगाडि प्रदर्शन गर्न प्रतिवन्ध किन ?

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

२८ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि प्रदर्शन गर्न रोक लगाएको छ ।

प्रशासनले शुक्रबारदेखि लागू हुने गरी अख्तियार कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्र पूर्वमा विशालनगर र हाँडीगाउँ जाने चोक तथा गहना पोखरी, उत्तरमा गणेश मन्दिर नजिकको धारा, पश्चिममा गौह्रीधारा चोक र दक्षिणमा दुरसञ्चार नक्सालदेखि बालमन्दिर जाने चोकसम्म लागू हुनेछ ।

त्यस क्षेत्रमा अख्तियारका साथै प्रहरी हेडक्वाटर र संवैधानिक निकायहरु रहेकाले सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी निषेधित क्षेत्र घोषणा गरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी