सीमांकन सँगै शासकीय स्वरुपमा पनि संशोधन : भट्टराई

सीमांकन सँगै शासकीय स्वरुपमा पनि संशोधन : भट्टराई

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, साउन २८ ।
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सीमांकन परिमार्जन तथा शासकीय स्वरुपमा संशोधन गर्नुपर्ने बताउनु भएको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा बोल्दै भट्टराईले सीमांकनका लागि संविधान संशोधन गर्ने बेलामा शासकीय स्वरुप पनि संसोधन गर्न प्रमुख दलहरुसँग आग्रह गर्नुभएको छ ।

भट्टराईले प्रत्यक्ष निर्वा्चित कार्यकारीको व्यवस्था गर्न सीमांकन सम्बन्धी विषय सम्बोधन गर्ने क्रममा शासकीय स्वरुपमा पनि सुधार गरिनुपर्नेमा जोड दिनुभएको हो ।

संविधान नयाँ बने पनि शासन व्यवस्थाका आधारमा मुलुक अहिले पनि २ दशक पहिलेकै अवस्थामा रहेको भन्दै उहाले छिटो छिटो सरकार परिवर्तन गर्ने रोगबाट मुक्ति पाउन तथा मुलुकलाई स्थिरताको बाटोमा हिँडाउनका लागि पनि संविधान संशोधन गरेर जनताबाट प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुख हुने व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो ।

स्थानीय तहको निर्वाचनका लागी संविधान संशोधनको छलफल चलाउन ढिला भइसकेका भट्टराईको भनाई छ ।

कार्यक्रममा नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली, अर्थशास्त्री प्रा.डा. विश्वम्भर प्याकुरेल, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षित, कानून व्यवसायी डा. भिमार्जुन आचार्य, उद्योगी कुशकुमार जोशी लगायतले एक वर्ष नै नपुगी सरकार परिवर्तन गर्ने परिपाटीले मुलुकको आर्थिक विकास पछाडि परेको भन्दै शासकीय प्रणालीमा सुधार आवश्यक रहेको धारणा राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ