विश्वप्रसिद्ध फेसन डिजाइनर हाफेले नेपालमा

विश्वप्रसिद्ध फेसन डिजाइनर हाफेले नेपालमा

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौ । विश्वप्रसिद्ध फेसन डिजाइनर स्टेल मारिस हाफेले नेपाल आएकी छन् । उनी बुधबार बिहान ७ बजे टर्किज एरलाइन्सबाट नेपाल ओर्लिएकी हुन् ।
जर्मनीकी यी फेसन डिजाइनर यही शनिबार त्रिभुवनआर्मी अफिसर्च क्लबमा आयोजना हुने मोडल हन्ट नेपाल २०१६ को अन्तिम स्पर्धाका लागी नेपाल आएकी हुन् । प्रतियोगीताका महिला तथा पुरुस प्रतियोगीले लगाउने पहिरनमा उनकै डिजाइन रहेका छन् । उनले तयार पारेका गाउँन, पार्टि वेयरलगायत दर्जन बढी फेसनका डिजाइनहरु मोडहन्टको र्याम्पमा प्रस्तुत हुनेछ ।
लण्डन, जर्मनी ,अर्जेन्टिनालगायत बिश्वका धेरै मुलकमा फेसन जादु छर्न सफल हाफेलले नेपालका लागी केही स्पेशल नयाँ फेसनका डिजाइनहरु समेत तयार पारेर ल्याएको मोडल हन्ट नेपालका आयोजक रवी धमलाले बताए ।

bideshi 2
सानै छदा एकपटक नेपाल आएको हाफेलेलाई नेपाल मनपर्ने देश हो । नेपाली मोडलहरु आफुलाई राम्रो लाग्ने बताउदै उनले नेपाल सुहाउदो कार्यक्रमका लागी तयार पारेको बताइन् । २० अगष्टसम्म नेपाल बस्ने कार्यक्रम हाफेलेले प्रतियोगीताको लागी तयार पारेको फेसनहरु नेपालमै बिक्री गरेर अनाथ बालबालीकालाई सहयोग समेत गर्नेछिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी