साउन ,२८ अछाम ।
३ बर्ष पुग्न लाग्दा पनि अछामको कैलाश खोला लघु जलविद्युत केन्द्र अझै बन्द अवस्थामा नै छ । बनाउने प्रयास पनि सुरु भएको छैन । जलविद्युत आयोजना बन्द हुँदा सेवाग्राही मकाृमा परेका छन् ।
राष्ट्रिय प्रसारण लाइनको सेवापाएपछि नागरिकपनि सेवा बारे बिर्सिएका छन् । नहर भत्किएको एक महिना पछि नै राष्ट्रिय प्रसारण लाइन विस्तार गरियो । तर त्यो लाइनको विद्युत सेवा नियमित हुँदैन भने स्थानीय आयोजना दुरुपयोग भइरहेको छ । २०७० साल भदौ ६ गते राती परेको अविरल वर्षाले भत्किएको थियो ।
नहर भत्कीएको एक महिना मर्मतका लागि केही प्रयास भएपनि लगत्तै राष्ट्रिय प्रसारणको बिद्युत सेवा बिस्तार भएपछि स्थानीय आयोजना अलपत्र बन्यो । तर केन्द्रीय लाइनको अनियमित सेवाले समस्या भइरहेको छ ।
सबैभन्दा ठूलो असर स्वास्थ्य क्षेत्रमा परेको छ । जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डा शरद चन्द्र बराल अनियमित विद्युत सेवाले उपचारमा समस्या परेको बताउनुहुन्छ ।
राष्ट्रिय प्रशारण लाईन बिस्तार भएपछि एकातीर नागरीकहरु अनियमित राष्ट्रिय लाईनको मारमा परेका छन् भने अर्कोतिर करिब १० करोडको लगानी गरेर निर्माण गरीएको स्थानीय आयोजना अलपत्र परेको छ । विद्युत प्राधिकरण अछाम बितरण केन्द्रका प्रमुख रोशन ठाकुराले कैलाशखोला लघु जलविद्युत केन्द्रको मर्मतका विषयमा कुनै योजना नभएको बताउनु भयो ।
अछाममा २०४८ देखि नै जिल्लाका २ नगरपालीका, करिब डेढ दर्जन गाविस र जिल्ला सदरमुकाम मंगलसेन लगायत जिल्लाका प्रमुख व्यापारिक केन्द्र साँफेबगर, जयगढ, चौखुटटे, बयलपाटा लगायतका ठाउँहरु कैलासखोला लघु जलविद्युतबाट लाभान्वित भएका थिए ।
जलविद्यतु केन्दै बन्द हुँदा अहिले केही गाविसका स्थानिय वासिन्दा टुकीको साहारामा बस्न बाध्य भएका छन् । स्थानिय राजनीतिक दलका नेताहरुले पनि जलविद्यतु केन्दै सञ्चालन गर्ने विषयमा चासो दिएका छैनन । प्रमुख जिल्ला अधीकारी कौशल राज शार्मा टिमिल्सेना चाडै काम सम्पन्न गराएर सञ्चालन गराउनका लागी बिशेष पहल गर्ने प्रतिबद्धता जनाउनुहुन्छ ।
धेरै ठाउहरुमा स्थानीय बिद्युत सेवाको नमुनाका रुपमा सेवा दिईरहेको एक मात्र कैलाशखोला लघुजल विद्युत केन्द्र जिल्लाका एक मुख्य सम्पती हो । करोडौ लगानी भइसकेको आयोजनामा अब थोरै खर्च गर्न सके त्यस्तो अलपत्र पर्ने थिएन ।