१७ औँ अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा “परिचयात्मक तथा अन्तरक्रिया”कार्यक्रम

१७ औँ अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा “परिचयात्मक तथा अन्तरक्रिया”कार्यक्रम

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

सोनु कुमार सुनार

कपिलवस्तु साउन २८ । १७ औँ अन्तरराष्ट्रिय युवा दिवस आज कपिलवस्तुमा पनी मनाइएको छ । जिल्ला युवा समितीे कपिलवस्तुको आयोजनामा “गरिवी उन्मुलनमा युवा प्रतिबद्धता , उत्पादन र उपभोगमा आत्मनिर्भरता भन्ने नारा सहित “परिचयात्मक तथा अन्तरक्रिया ”कार्यक्रम गर्दै सदरमुकाम तौलीहवामा उक्त दिवस मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथीको आशन बाट बोल्दै एमाले सांसद विश्राम प्रसाद चौधरी ले नयाँ संविधानले युवाहरुको मागलाई उचित संबोधन गरेको र त्यसको कार्यान्वयन गर्न केन्द्रमा राष्ट्रिय युवा परिषद र जिल्लाहरुमा युवा समिती, युवा तथा खेलकुद विकास मन्त्रालय अन्तरगत गठन गरीएको बताउनु भयो ।
देशविकास को खम्बाको रुपमा रहेका युवाशक्ति दिन प्रतिदिन विदेशीनु दुखद कुरा रहेको जिकीर गर्दै उँहाले आफु सभाषद रहेको हैसियतले कपिलवस्तु जिल्लाको विकास र युवाको विकासको लागी उल्येख्य बजेट सरकारमार्फत ल्याउन भुमिका निभाएको दावी गर्नु भयो ।
कार्यक्रममा युवा तथा खेलकुद विकास मन्त्रालय अन्तरगत जिल्ला मा गठन गरिएको युवा समिती को बारेमा युवा समिती कपिलवस्तुका अध्यक्ष टुकलाल गैरेले जानकारी गराउनु भएको थियो भने उपस्थित माझ परिचयात्मक कार्य गरिएको थियो ।
अन्तरक्रियामा विभिन्न पार्टी प्रतिनिधी र युवा तथा विद्यार्थी संगठनका प्रतिनिधीहरुले धारणा राखेका थिए । एमाले सरकार ले देशभरका जिल्ला युवा समितीहरुमा एकलौटी राजनितीक नियुक्ती मार्फत संयोजक तोकेको भन्दै संघिय समाजबादी लगायत मधेश केन्द्रित पार्टी निकट युवा संगठनहरुले भने कार्यक्रम बहिस्कार गरेका थिए ,त्यस्तै नयाँ शक्ति नेपाल निकट राष्ट्रिय युवा अभियान ले पनि असन्तुष्टी जनाएको बताइएको छ ।
जिल्ला युवा समिती अध्यक्ष टुकलाल गैरेको अध्यक्षता रहेको कार्यक्रमको संचालन जिल्ला खेलकुद विकास समिती कपिलवस्तुका कार्यालय सचिव मिन प्रसाद पोख्रेल ले गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ