एमालेको अञ्चल कमिटि विघटन हुने

एमालेको अञ्चल कमिटि विघटन हुने

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

२८ साउन, काठमाडौं ।

नेकपा एमालेले अब प्रदेश कमिटी गठन गरी अन्चल कमिटीहरु विघटन गर्ने भएको छ ।

पार्टी महाधिवेशन भएको २ वर्षसम्म पनि अन्चल समन्वय कमिटी गठन गर्न नसकेको एमालेले प्रदेश कमिटीका अध्यक्ष वा संयोजक तोक्ने तयारी गरेको हो ।

भोली बस्ने स्थायी कमिटी बैठकबाट एमालेले प्रदेश कमिटीका अध्यक्ष वा संयोजक तोक्ने तयारी गरेपनि प्रदेश कमिटीको नेतृत्व कसले गर्ने भन्ने विवाद टुंगो लागेको छैन ।

सो बिषयमा भोली नै छलफल गरि टुङगोमा पुगिने नेताहरुले बताएका छन् ।

स्थायी कमिटी सदस्यले प्रदेश प्रमुख बन्ने अवस्थामा सुवास नेम्वाङ, सत्यनारायण मण्डल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, छविलाल विश्वकर्मा, शंकर पोखरेल र मुकुन्द न्यौपानेलाई जिम्मेवारी दिने अनौपचारिक प्रस्ताव छ

प्रदेश कमिटीको प्रमुख बन्न पार्टीका उपाध्यक्षहरुले रुची देखाएका छन् । उनीहरुले पदाधिकारीले नेतृत्व गर्नुपर्ने दाबी गरेका कारण प्रदेश कमिटी गठन हुन नसकेको एमाले स्रोतले जनाएको छ ।

तर, पदाधिकारी भन्दा स्थायी कमिटी सदस्यबाट प्रदेश प्रमुख बनाउन नेतृत्वमाथि दबाव छ । यसअघि ५ विकास क्षेत्रमा पार्टी कामको संयोजन गर्न एमालेले ५ उपाध्यक्षलाई खटाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ