काठमाडौ २८ साउन । महाधिवेशन लम्बिएसँगै कांग्रेसको भातृ संगठन नेविसंघको निर्वाचन तालिका प्रभावित भएको बेला प्रतिनिधि विवाद मिलेको छ ।
यस सगै प्रतिनिधिको नाम सूची अहिले केही बेरमा सार्वजनिक गर्ने तयारी भएको प्रवक्ता युपी लामीछानेले जानकारी दिनु भयो । यस पछि आजै मतदातालाई परिचय पत्र दिने , भोली शनिबार उम्मेद्धारी दर्ता गर्ने र आईतबार निर्वाचन गर्ने सहमति बनेको छ ।
मतदाता सुचीमा विवाद देखिएपछि नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको निर्वाचन प्रक्रिया प्रभावित बनेको थियो ।
यसअघि महाधिवेशन करिब ३३ सय प्रतिनिधि रहेको बताइएपनि विवादका कारण ३५ सय प्रतिनिधि पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline