स्थानिय निकाय पुनसंरचनामा दलीय सहमति जुटाउन माओवादी केन्दले पहल गर्ने

स्थानिय निकाय पुनसंरचनामा दलीय सहमति जुटाउन माओवादी केन्दले पहल गर्ने

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ २८ साउन ।
सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले स्थानिय निकाय पुनसंरचनामा दलीय सहमति जुटाउन अधिकतम पहल गर्ने निर्णय गरेको छ । पुनर्संरचनाको बिषयलाई लिएर केही जिल्लामा बिरोध तथा प्रदर्शन सुरु भएपछि माओवादी केन्द्रले सहमतिका लागि पहल गर्ने निर्णय गरेको हो ।

लाजिम्पाटस्थित प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बसेको पार्टी हेडक्वार्टर बैठकले पुनरसंरचनाबारे दलहरुबीच छलफल सुरु गर्ने निर्णय गरेको माओवादी केन्द्रका नेता अग्नी सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा सहभागी नेताहरुले स्थानिय निकाय पुनरसंरचनाबारे पार्टीको आधिकारिक धारणा समेत तय नभएको भन्दै असन्तुष्टि जनाएका थिए ।

स्थानीय निकाय पुनरसंरचनाबारे पार्टीको आधिकारिक धारणा नहुँदा गाउँ तहसम्म अन्योलता बढेको भन्दै केही दिनभित्रै सो बारे ठोस निर्णय गर्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ