चिटिक्क सजिएर सञ्चारकर्मी शिलुले कसलाई भनिन्–लौ नाचौं ?

चिटिक्क सजिएर सञ्चारकर्मी शिलुले कसलाई भनिन्–लौ नाचौं ?

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ २८ साउन । 

पछिल्लो समय नेपाली सञ्चारकर्मीहरुको गीत संगीतप्रतिको मोह बढ्दोछ । यसैक्रममा पछिल्लोपटक रेडियोकर्मी शिलु अधिकारी पनि आफ्नो स्वरमा रहेको गीत लिएर दर्शक र श्रोता माझ आएकी छिन् ।

उनले पहिलो गीतका रुपमा लोकआधुनिक शैलीमा आधारित लौ नाचौं बोलको गीतको म्यूजिक भिडियो तयार पारेकी छिन् । नेपाली हिन्दू नारीहरुको पर्व तीजको सन्दर्भ पारेर रिलिज गरिएको यस गीतको म्यूजिक भिडियोलाई तीजकै रंगमा तयार पारिएको छ ।

झण्डै एक दशक भन्दा लामो समयदेखि रेडियो प्रस्तोताका रुपमा कार्य गर्दै आएकी गायिका शिलु हाल रेडियो अन्नपूर्ण नेपालसँग आबद्ध छिन् । आउँ नाचौं बोलको यो गीतमा शब्द दीपेन्द्र दोङ तामाङको, संगीत विश्व दोङको रहेको छ भने फणिन्द्र राईको संगीत संयोजन छ ।

silu adhikari 1

यो गीतको म्यूजिक भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् भने मुकेश हुमागाइँको छायाँकन र पवन सिंखडाको सम्पादन छ ।

म्यूजिक भिडियोमा गीता गिरि मधिकर्मी र गायिका शिलु आफैंले नृत्य गरेका छन् । यो गीतको म्यूजिक भिडियो विभिन्न टेलिभिजन च्यानलहरुमा बज्न थालिसकेको छ भने चाँडै नै म्यूजिक नेपाल मार्फत यूट्युव च्यानलमा समेत सार्वजनिक गरिने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ