माओवादी केन्दको हेडक्वाटर बैठक जारी

माओवादी केन्दको हेडक्वाटर बैठक जारी

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ २८ साउन ।  

सरकारमा पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगाउन माओवादी केन्दको हेडक्वाटर बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा जारी बैठकले मन्त्री परिषदमा पठाउने व्यक्ति नामवली टुङ्गो लगाउने बताइएको छ ।

मन्त्रीपरिषद विस्तारमा भएको ढिलाईले सरकारको काम कारबाही प्रभावित हुनुका साथै सरकारको समेत अलोचना हुन थालेपछि सत्ता नेतृत्वकर्ता दल माओवादी केन्द्रले पार्टीबाट मन्त्री बन्नेहरुको नाम आज टुङ्गो लगाउन लागेको हो ।

प्रधानमन्त्री दाहालले आफ्नै पार्टीबाट मन्त्री बन्नेको ना टुङ्गो लगाएर केही साना दललाई समेत सहभागी गराएर आजै मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेको उहाँका सहयोगीले बताएका छन् ।

माओवादी केन्द्रले यो पटक समावेशी प्रतिनिधित्व हुने गरी मन्त्रीमा नाम सिफारिस गर्ने तयारी गरेको छ । आजको केन्द्रिय कार्यलय बैठकले थप नयाँ अनुहारलाई प्राथमिकता दिएर नाम सिफारिस गर्ने माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ