दुई उपप्रधानमन्त्रीलाई भारत र चीन पठाउने सरकारको निर्णय

दुई उपप्रधानमन्त्रीलाई भारत र चीन पठाउने सरकारको निर्णय

  • बिहिबार, साउन २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं२७साउन।

छिमेकी मुलुकसँगको सम्बन्ध सुधारका लागी सरकारले दुई उपप्रधानमन्त्रीलाई चीन र भारत पठाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन उपप्रधानमन्त्री द्धय विमलेन्द्र निधि र कृष्ण बहादुर महरालाई भारत र चीन पठाउने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री निधिलाई भारत र महरालाई चीनमा पठाउने निर्णय गरे तापनि कहिले पठाउने भन्नेबारे भने उल्लेख गरिएको छैन । बैठकपछि उपप्रधानमन्त्री एवम् सरकारका प्रवक्ता महराले छिट्टै भारत र चीन जाने बताउनु भएको छ ।

यसैगरी सरकारले कालोबजारी नियन्त्रण गर्न गृह, वाणिज्य र आपूर्ति मन्त्रालयलाई निर्देशन पनि दिएको छ । कालोबजारी नियन्त्रण गर्न कानुनहरु अभाव भएको भए वा कारवाही सम्बन्धी व्यवस्था खुकुलो भए संशोधन गर्न कानुन मन्त्रालयलाई पनि मन्त्रिपरिषद बैठकले निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ