काठमान्डौ,साउन२७।
मन्त्री परिषद्को बैठक आज बस्दै छ । बैठक विहान १० सिंहदरवारमा बोलाइएको छ । राप्रपाबाट तीन जना मन्त्री थप भए पछि मन्त्री परिषद्को बैठक पहिलो पटक आज बस्न लागेको हो ।
आजको बैठकमा मधेसी मोर्चा सहित संघीय गठबन्धनसँग भएको सहमति कार्यान्वयनका लागि र थप अन्य केहि विषयमा निर्णय गर्न सक्ने जनाइएको छ ।
सरकार परिवर्तन भए सँगै हुने राजनीतिक नियुक्तिबारे गृहकार्य भइरहेकाले त्यस्ता विभिन्न निकायमा मन्त्री परिषदको बैठकले नियुक्ति गर्ने तयारी गरेको छ ।
सरकारले राष्टिय योजना आयोगको उपाध्यक्ष सहित सदस्य प्रधानमन्त्रीको आर्थिक राजनीतिक सल्लाहकार लगायतमा नियुक्तिको तयारी गरेको प्रधानमन्त्रीको सचिवालय स्रोत बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline