महंगी नियन्त्रण गर्न वर्तमान सरकार गम्भिर छ : प्रधानमन्त्री

महंगी नियन्त्रण गर्न वर्तमान सरकार गम्भिर छ : प्रधानमन्त्री

  • बुधबार, साउन २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ, २६ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले दैनिक उपभोग्य बस्तुको सहज तथा गुणस्तरीय आपूर्तिका साथै महंगी नियन्त्रणका लागि बर्तमान सरकार गंभिर रहेको बताउनु भएको छ ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बिहान सञ्चारकर्मीको टोलीसँग कुरा गर्दै उहाँले महंगी, कालोबजारी र अनियन्त्रित बजार अनुमगन गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको बताउनु भयो ।

नाकाबन्दी तथा मधेश आन्दोलन अन्त्य भएको ६ महिना बितिसक्दा पनि बजार सहज हुन नसकेपछि प्रभावकारी अनुगमनका साथै जनतालाई तत्काल राहत पुग्ने गरी काम गर्न मातहत निकायलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले आर्थिक विकास र समृद्धिका लागि तात्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने गृहकार्य गरिरहेको समेत बताउनु भएको छ । चुनौतिपूर्ण बर्तमान अवस्थामा संविधान कार्यान्वयनसँगै आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्नु आफ्नो मूख्य योजना रहेको प्रधानमन्त्रीको भनाई थियो ।

आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै सहमतिको वातावरण निर्माण गरी संविधान कार्यान्वयन, समयमै चुनाव सम्पन्न गर्ने र पूनर्निर्माणको कामलाई तिब्रता दिने उहाँको प्रतिबद्धता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ