शिक्षा क्षेत्रमा डिजिटल माध्यम र इन्टरनेट प्रविधि आवश्यक ःसभामुख

शिक्षा क्षेत्रमा डिजिटल माध्यम र इन्टरनेट प्रविधि आवश्यक ःसभामुख

  • बुधबार, साउन २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

रोल्पा, साउन २६।
सभामुख ओनसरी घर्ती मगरले शिक्षा क्षेत्रमा डिजिटल माध्यम र इन्टरनेट प्रविधिकोे प्रयोग गर्नु पर्ने आवश्यकता भएको बताउनुभएको छ । रोल्पाको लिबाङमा आज आफूले अध्ययन गरेको बालकल्याण उच्च माविको भवन शिलान्यास गर्दै सभामुख घर्तीले यस्तो बताउनुभएको हो ।

दश वर्षे सशस्त्र युद्धको समयमा समग्र शिक्षा क्षेत्रनै प्रभावित भएकोले अब देशमा शैक्षिक जागरण ल्याउन आवश्यक रहेको उहाँको भनाई छ । साथै उहाँले शिक्षा क्षेत्रमा लगानी कम हुदा युवाहरु विदेशीन बाध्य भएको समेत उल्लेख गर्नु भयो ।

सभामुख घर्तीले युद्धको समयमा रोल्पाका युवा पढाइमा भन्दा पनि राजनीतिक परिवर्तनमा होमिनु परेको भन्दै अहिले शैक्षिक जागरण ल्याउनुपर्ने बताउनुभयो ।

यसअघि रोल्पा जिल्लाले अर्थमन्त्री पाउँदा धेरै बजेट आएको भएता पनि सबै खर्च हुन नसकेको भन्दै अहिले दोस्रो पटक फेरि अर्थमन्त्री पाएकोले रोल्पाको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ