काठमाडौ २६ साउन ।
स्थानीय तहको पुनरसंरचनाबारे छलफल गर्न प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बैठक आज बस्दैछ ।
दिउँसो २ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा स्थानीय तहको पुनरसंरचनाका साथै मन्त्रीमण्डल विस्तारका सम्बन्धमा दुई दलबीच छलफल हुने नेताहरुले बताएका छन् ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले आगामी चैत्रभित्रमा स्थानीय निकायको निर्वाचन गरिसक्ने सत्ता गठबन्धनको सहमति अनुरुप कांग्रेस माओवादीबीच छलफल हुन लागेको हो ।
राज्य पुनरसंरचना आयोगले निर्धारण गरेको गाउँपालिकाको संख्य सानो भएको भन्दै कांग्रेस माओवादीले असहमति जनाउदै आएका छन् । आजको बैठकले स्थानीय निकायको निर्धारणमा साझा धारणा बनाउने तयारी समेत गरेको छ ।
यसैबीच नेपाली कांग्रेसको भातृसंगठन नेवि संघको महाधिवेशन लम्बिएसँगै मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको छ ।
कांग्रेसले महाधिवेशन सकिएपछि मात्र थप मन्त्रीको नाम सिफारिस गर्ने र माओवादीले पनि कुर्ने भएपछि मन्त्रीमण्डल विस्तारमा ढिलाई भएको हो ।