काठमाण्डौ ,२५ साउन ।
सरकारमा सहभागी हुने थप मन्त्रीको नाम तय गर्न नेकपा माओवादी केन्द्रको हेडक्वाटर बैठक आज बस्दै छ ।
वालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्ह ३ बजेपछि बस्ने बैठकले पार्टीबाट ५ जना मन्त्रीको नाम छनौट गर्ने प्रवत्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले नाम प्रस्ताव गरेपछि बैठकमा छलफल हुने र नाम छनौट गरिने भुषालले बताउनु भयो ।
५ जनामध्ये महिला, मधेसी र क्षेत्रको प्रतिनिधित्व मिलाएर नाम तय गर्ने माओवादी केन्द्रको तयारी छ ।
मधेसीबाट प्रभु शाहको सम्भावना छ भने राम कार्की पनि मन्त्री बन्ने लगभग निश्चित रहेको माओवादी स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline