नेविसंघको बन्दसत्र आज

नेविसंघको बन्दसत्र आज

  • मङ्लबार, साउन २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, साउन २४।
नौ वर्ष पछि सुरु भएको नेविसंघको ११ औं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट सुरु हुदै छ । महाधिवेशनको बन्द सत्र हिजो देखि नै हुने भनिए पनि प्रतिनीधि छनोटमा देखिएको विवाद सुल्झन नसक्दा आजबाट हुन लागेको हो ।

११ जिल्लामा देखिएको प्रतिनिधि विवाद पार्टीका नेतृत्वहरुले मिलाई सके पछि दिउसो २ बजे बाट बन्द सत्र सुरु हुने नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काले आफू नजिकका विद्यार्थी नेतालाई अध्यक्ष उठाउने तयारीमा जुटेको प्रवक्ता लामिछानेले जानकारी दिनु भएको छ ।

देउवा पक्षबाट नैनसिंह महर र जितजंग बस्नेत, पौडेल पक्षबाट क्षितिज भण्डारी, मनोजमणि आचार्य, नीलकण्ठ रिजाल, आनन्द त्रिपाठी र दीपक भट्टराई, सिटौला पक्षबाट कुन्दन काफ्ले र खड्का पक्षबाट शुभराम बस्नेत अध्यक्षमा उठ्ने चर्चा छ ।

उम्मेदवारी दिने बेलासम्म देउवा पक्षले खड्का र सिटौला पक्षधरलाई मिलाएर आफ्नो तर्फबाट एक मात्र उम्मेदवारी दिने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ