काठमाडौं, साउन २४ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेपाली काग्रेसबीच मन्त्रिपरिषदलाई चाडै पूर्णता दिने सहमति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा मन्त्रिीपरिषदलाई तत्काल पूर्णता दिएर जनसरोकारका बिषयमा काम गर्ने सहमती भएको हो ।
भेटमा मन्त्रिपरिषद विस्तारका साथै समसामयिक राजनीतिक परिस्थिति र सरकारले लागू गर्ने साझा कार्यक्रमका विषयमा पनि छलफल भएको थियो ।
मन्त्रिपरिषद विस्तारमा भएको ढिलाइले जनतामा नकारात्मक सन्देश जाने भएकाले चाँडै पूर्णता दिने र पुननिर्माणको कार्य अगाडी बडाईने सहमती भएको बताईएको छ ।
यसैगरी, जनतालाई राहत दिने कार्यक्रम सार्वजनिक गर्नेबारेमा पनि छलफल भएको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline