सेयर बजारमा उच्च गिरावट

सेयर बजारमा उच्च गिरावट

  • सोमवार, साउन २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ, २४ साउन । सेयर बजारमा आज उच्च गिरावट आएपछि कारोवारको समय अवधि भन्दा डेढ घण्टा अगावै बन्द गरिएको छ । ८८.८१ अंकले बजार घटेपछि नियन्त्रण गर्न सर्किट ब्रेक लगाएर कारोबार नै स्थगित गरिएको छ । नेप्से १ बजेर २९ मिनेटमै बन्द भएको छ ।

बजार खुलेपछि केही क्षण हरियो भएको बजार निरन्तर ओरालो लागेको थियो । अप्रत्याशित शैलीमा बजार तल गिरेपछि लगानीकर्ताहरु निरास भएका छन् । नेप्से आज १६७५ को विन्दुमा आइपुगेको छ । कारोबार पनि अरु दिन भन्दा कम भएको छ ।

अर्बभन्दा बढी कारोबार हुँदै आएकोमा आज जम्मा ८७ करोडको कारोबार भएको छ ।

यसैविच सेयर बजार नियमाक निकाय धितोपत्र बोर्डले पुँजी बजारका लागानीकर्ता हतोत्साहित हुने अवस्था नरहेको बताएको छ ।

सेयर बजारमा उच्च गिरावट आएर सर्किट ब्रेक लगाउनुपरेपछि बोर्डले वक्तव्य जारी गरेर बजार सकारात्मक दिशामा अगाडि बढेको बताएको हो ।

नेप्सेलाई बजारको सिद्धान्तअनुसार नै चल्न दिनुपर्नछ भन्नेमा बोर्ड प्रतिवद्ध रहेको बताइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी