फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना , ७ को मृत्यु

फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना , ७ को मृत्यु

  • सोमवार, साउन २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

नुववाकोट, २४ साउन ।

गोर्खाबाट काठमाडौंका लागी उडेको फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुदा एकै परिवारका ६ जना सहित त्यसमा सवार सबै ७ जनाको मृत्यु भएको छ ।

नुवाकोटको मदानपुर–९ पाखुरेस्थित बेतिनिको जंगलमा हेलिकोप्टर दुर्घटना हुँदा सबैको मृत्यु भएको नुवाकोटको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

ककनीबाट पुगेको प्रहरी टोलीले दिएको जानकारी अनुसार शव यत्रतत्र छरिएको अवस्थामा रहेको पोखरेलको भनाई छ । गोर्खाको सिर्दिवास ८ फिलिमबाट साढे ११ बजेतिर उडेको नाइनएन एकेए साइन भएको हेलिकप्टर सवा १२ बजेपछि नुवाकोटको आकासबाट सम्पर्क विहिन भएको थियो ।

गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार हेलिकप्टरमा पाईलट रञ्जन लिम्बु, सिर्दिबास २ का ६० बर्षीय जितमान गुरुङ, ५६ बर्षीय अन्जनी गुरुङ, १९ बर्षीया प्रिति गुरुङ, लक्ष्मी गुरुङ, इटहरीकी निशा तामाङ र ५ दिनका शिशु सवार थिए । पाईलट तामाङ वाहेक अरु सबै यात्रु एकै परिवारका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ