काठमाडौ २४ साउन ।
नेपालका लागि अमेरिकी राजदुत एलाइना बी तेप्लिजले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्दै हुनुहुन्छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान साढे ९ बजे उहाँहरुबीच भेटवार्ता हुने प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।
भेटमा समसमायिक राजनितिक घटनाक्रम तथा नेपाल अमेरिका सम्बन्ध तथा सहयोगका विषयमा छलफल हुने बताइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका दाहाल प्रधानमन्त्रीमा निर्वाचित भएपछि तेप्लिजले पहिलो पटक भेट गर्न लाग्नु भएको हो ।
यद्यपी अमेरिकाले यसअघि नै दाहाललाई बधाइ दिदै सफल कार्यकालको शुभाकामना भने दिइसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline