चितवन, साउन २३ ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले मुलुक र नागरिकको हितमा काम गर्न नसक्ने दावी गर्नुभएको छ ।
चितवनको भरतपुरमा आज पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष वैद्यले दक्षिणपन्थीको समर्थनमा बनेको सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने बताउनु भएको हो ।
अध्यक्ष वैद्यले संसदीय व्यवस्थामा सरकार बनाउनु र भत्काउनु सामान्य भएको चर्चा गर्दै यस्तो व्यवस्थाले देशको विकास भने हुन नसक्ने धारणा राख्नुभयो ।
मधेसको जायज माग पूरा गर्नुपर्ने बताउँदै नेता बैद्यले संविधान संशोधनले मात्रै देशको समस्या समाधान नहुने दावी गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline