काठमाडौ २३ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयी कुमार गच्छादारबीच आज बिहान भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा करिब एक घण्टा भएको भेटमा सरकार विस्तार र मन्त्रीपरिषदमा फोरम लोकतान्त्रिकको सहभागीता बारे छलफल भएको बताइएको छ ।
भेटका क्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छादारले आफूलाई सम्मानजनक मन्त्रालय दिएर तत्काल सरकारमा सहभागी गराउन प्रधानमन्त्री दाहाललाई आग्रह गर्नुभएको थियो ।
गच्छादारले मिलेर काम गरे सरकारको काम कारबाही प्रभावकार िहुने भन्दै आफ्नो पार्टीलाई सरकारमा सहभागी गराउने विषयमा ढिलाई नगर्न दाहाललाई आग्रह गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ ।
जवाफमा प्रधानमन्त्री दाहालले मधेशी मोर्चासहितको गठबन्धनसँग विश्वासको वातावरण बनाएर सरकारमा सहभागी गराउने भन्दै केही दिन धर्य गर्न गच्छादारलाई आग्रह गर्नुभएको छ ।