अब प्रचण्डले थाहा नपाउने क्रान्ति हुन्छ : सन्तोष बुढा

अब प्रचण्डले थाहा नपाउने क्रान्ति हुन्छ : सन्तोष बुढा

  • शनिबार, साउन २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

२२ साउन काठमाडौं । नेकपा माओवादीका पोलिटब्युरो सदस्य सन्तोष बुढाले अबको क्रान्ति प्रचण्डले थाहा नपाउने विधिबाट हुने दावी गर्नु भएको छ ।
शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल जनसाँस्कृतिक महासंघले ‘कवितामा राष्ट्रियताका स्वरहरु’ विषयक कवि गोष्ठीमा बोल्दै बुढाले सो धारणा व्यक्त गर्नु भएको हो ।
बुढाले अहिले माओवादी पार्टीलाई फेरि जनयुद्धको बाटोमा जाने भयो, हतियार उठाउन पुरानै बाटोमा लग्दैछ भनेर गरिरहेको प्रचार झुठो भएको जिकिर गर्नु भयो ।
प्रचण्ड जनयुद्धको नायक भए पनि अब उनी प्रतिकृयावादी कित्तामा पुगेकाले उनीबाट नेपालमा आन्दोलन अघि बढ्न नसक्ने बुढाको तर्क छ ।
जनयुद्धको विकासमा लाग्नुको साटो व्यक्तिगत स्वार्थमा लाग्दा प्रचण्ड–बाबुराम बुजुर्वाको क्याम्पा छिरेको उहाको भनाई थियो ।
कार्यक्रममा वरिष्ठ प्रगतिवादी कवि पूर्ण बिराम, सरला रेग्मी, अमृता स्मृति, चिरन पुन, निभा शाह, अशोक कुँवर ‘नेत्र’, लगायतकाले कविता बाचन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ