काठमाडौ ,२२ साउन ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीले भागबन्डाका आधारमा मन्त्री पद छान्न नहुने बताउनु भएको छ ।
भक्तपुरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भागबन्डाका आधारमा नभइ व्यक्तिको योग्यता, क्षमता र अनुभवका आधारमा मन्त्री छान्नुपर्ने बताउनु भयो ।
आफूले पाएकोमन्त्री पद किन स्वीकार नगरेको भन्ने चासो विभिन्न तहबाट राखिएको चर्चा गर्दै नेता केसीले पद भन्दा जनसेवा ठूलो भएकाले त्यसलाई स्वीकार नगरेको स्पष्ट पार्नु भयो ।
रक्षा मन्त्रालय जनतासँग नजिक राख्ने, जनतासँग घुलमिल हुने मन्त्रालय नभएकाले आफूले उक्त मन्त्रालय नरोजेको केसीको भनाई थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline