सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न इच्छुक छ : प्रधानमन्त्री

सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न इच्छुक छ : प्रधानमन्त्री

  • शनिबार, साउन २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २२ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न इच्छुक रहेको बताउनु भएको छ ।

नव नियुक्त प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिन बालुवाटार पुगेका उद्योग व्यवसायीहरु सामु उहाँले यस्तो इच्छा व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले व्यवसायीसँग थप छलफल गरेर आर्थिक क्षेत्रमा गुणात्मक प्रगति हाँसिल गर्ने बताउनुभयो । भेटमा उद्योगी व्यवसायीले सरकारलाई पूर्णसहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेपाल उद्योग बाणिज्य महासंघ नेतृत्वको व्यवसायीको टोलीले दाहाललाई बधाई दिएको हो ।

यसैबिच बिहानै तनहूँ काठमाडौं सम्पर्क मञ्चका प्रतिनिधिले पनि प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ