काठमाडौ २२ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान भेटवार्ता भएको छ ।
भेटमा सरकारका कामकारबाही, मन्त्री परिषद विस्तारका साथै समसामायिक राजनितिक विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहाल छलफलका लागि बिहान देउवा निवास बुढानिलकण्ठ पुग्नु भएको हो । करिब एक घण्टा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले सरकारले धेरै काम गर्न बाँकी रहेकाले जतिसक्दो छिटो मन्त्रीमण्डल विस्तार गर्नु पर्ने बताउनु भएको थियो ।
जवाफमा कांग्रेस सभापति देउवाले भोली देखि नेवि संघको महाधिवेशन हुन लागेकाले तयो सकेपछि मात्र सरकारमा आफ्नो पार्टीबाट मन्त्री हुनेहरुको नामावली पठाउने बताउनु भएको थियो ।
उहाँको पछिल्लो समय मधेशको माग सम्बोधनका लागि मोर्चासँग भएको तीन बुँदे सहमति कार्यन्वयनका साथै संविधान संशोधन लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।