लिम्बुवान राज्य परिषदको बन्दका कारण अरुणपूर्वको जनजीवन प्रभावित

लिम्बुवान राज्य परिषदको बन्दका कारण अरुणपूर्वको जनजीवन प्रभावित

  • शनिबार, साउन २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २२ साउन ।  

राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषदले आह्वान गरेको बन्दका कारण अरुणपूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण अरुणपूर्वका झापा, मोरङ, सुनसरी,धनकुटा, तेह्राथुम, ताप्लेजुङ, शंखुसाभा, पाँचथर र इलाममा यातायातका साधान सन्चालन हुन सकेका छैनन् ।

बजार, कलकारखाना र शिक्षण संस्था पनि पूर्ण रुपमा ठपप रहेको बताइएको छ । एम्बुलेन्स र प्रेस लगायत आकास्मिक सेवाका सवारी साधन भने सन्चालनमा आएका छन् ।

अरुणपूर्वका जिल्लाहरुमा लिम्बुवानको सार्वभौम सत्ता समाप्त भएको र सिङ्गो लिम्बुवान भूमि बृहत नेपालमा गाभिएको दिनलाई कालो दिनको रुपमा लिदै सो को विरोधमा बन्द आह्वान गरिएको परिषदले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ