काठमाडौं/पत्रकारिता क्षेत्रलाई व्यवस्थित र स्वस्थ बनाउन पत्रकारिता क्षेत्र प्रवेश पूर्व लाईसेन्स लिने तथा पत्रकारको स्तर वर्गीकरण गर्ने सम्वन्धमा गठित कार्यदलले शुक्रवार प्रेस काउन्सिल नेपालका अध्यक्षलाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।
पत्रकारको योग्यता परीक्षण कार्यदलका संयोजक तथा सर्वोच्च अदालतका पूर्व रजिष्टार डा. रामकृष्ण तिमल्सेनाले प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा काउन्सिलका अध्यक्ष वोर्णवहादुर कार्कीले खास पत्रकारिता गरिरहेकाहरुको पलायन रोक्न र पीत पत्रकारितालाई निस्तेज पार्दै यसै पेशालाई पत्रकारको सुन्दर सपना देख्ने वातावरण वनाउन यो नियम वनाउन लागिएको वताउनु भयो ।
कार्यक्रमका ब क्ताहरु कार्यदल सदस्य तथा आरआर पत्रकारिता विभागका प्रमुख डा. कुन्दन अर्याल, उप प्राध्यापक लक्ष्मीधर गुरागाईं, मिडिया एक्सन नेपालका लक्ष्मणदत्त पन्त, पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष प्रकाश खतिवडाले पत्रकारितामा प्रवेश गनुपूर्व यस किसिमको प्रणालीको यथासिघ्र कार्यान्वयनमा लैजानुपर्ने धारणा राख्नु भयो ।
पत्रकारिता पुरस्कार सम्वन्धमा द्विपक्षीय सम्झौता
काठमाडौं÷प्रेस काउन्सिलका प्रथम अध्यक्ष सुरेन्द्र वहादुर वस्नेत र काउन्सिलवीच पत्रकारिता पुरस्कार सम्वन्धमा द्विपक्षीय सम्झौता भएको छ । छब्बिस लाखको अक्षय कोष निर्माण गरी सोको व्याजवाट प्रत्येक वर्ष एकजना पत्रकारलाई एक लाख पाँच हजार राशीको प्रेस काउन्सिल सुरेन्द्र वहादुर वस्नेत पत्रकारिता पुरस्कार नामको पुरस्कार दिने सम्वन्धमा दुई पक्षवीच हस्ताक्षर भएको हो ।
रिपोर्ट÷तस्विरहरु : महेन्द्रराज सिंह,