मधेश आन्दोलनमा मारिएकाको परिवारलाई दश लाख दिईने

मधेश आन्दोलनमा मारिएकाको परिवारलाई दश लाख दिईने

  • शुक्रबार, साउन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमान्डौ, २१ साउन । सरकारले मधेसी मोर्चासंग भएको ३ बुँदे सहमतिमा उल्लेखित बिषयलाई तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

मन्त्रिपरीषद गठन भएको एक दिनपछि बसेको मन्त्रिीपरीषद बैठकले तराई मधेश आन्दोलनका क्रममा मृत्यु भएकाको परिवारलाई १० लाख रुपैंया दिने निर्णय गरेको हो ।

संघीय गठबन्धनसंग भएको तीन बुंदे सहमति कार्यान्वयनको प्रक्रिया सुरु गर्दै सरकारले पहिलो चरणमा मृतक परिवारलाई राहत स्वरुप १० लाख रुपैंया दिने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

बैठकमा मधेस आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने ,आन्दोलनका क्रममा पक्राउ परेकाको मुद्दा फिर्ता लिने र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने सहमति भएको मोर्चाका नेता लक्ष्मणलाल कर्णले बताउनुभयो ।

यस्तै मधेस आन्दोलनका बेला भएको घटनाको छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधिसको संयोजकत्वमा छानविन समिति गठन गर्ने सहमति भएको कर्णले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ