सरकार गठबन्धनबीच भएको तीन बुँदे सहमति कार्यन्वयन गर्ने विषयमा छलफल हुदै

सरकार गठबन्धनबीच भएको तीन बुँदे सहमति कार्यन्वयन गर्ने विषयमा छलफल हुदै

  • शुक्रबार, साउन २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौ २१ साउन । 

संघिय गठबन्धनसाग भएको तीन बुँदे सहमति कार्यन्वयनका विषयमा छलफल गर्न सरकार र हस्ताक्षरकर्ता दलको बैठक आज बस्दैछ ।

केहिबेरपछि सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलयमा सुरु हुने बैठकमा मन्त्रिपरिषदबाट तत्काल सम्बोधन गर्न सकिने मोर्चाको मागका सम्बन्धमा छलफल हुने बताइएको छ ।

सानो आकारको मन्त्री परिषद विस्तार गरेको भोलीपल्टै प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी मोर्चासहितको गठबन्धन सँग भएको सहमति कार्यन्वयनबारे छलफल गर्न बैठक बोलाउनु भएको हो ।

सरकार गठबन्धन आवद्ध आठ दल सम्मिलित बैठकमा मधेशको माग सम्बोधनका लागि सरकारका तर्फबाट गरिने निर्णयबारे फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।

सरकारले गरेको सहमति कार्यन्वयनमा ढिलाई भएको सन्देश नजाओस् भन्ने उदेश्यले सानो आकारको मन्त्रीमन्डल गठन भएपनि मोर्चालाई तत्काल वार्तामा बोलाएको एक मन्त्रीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ