काठमान्डौ, २१ साउन ।
संसदीय सुनुवाई विशेष समितिले सरकारले विभिन्न २२ मुलुकका लागि सिफारिस गरेका थप ५ राजदुतहरुको सुनुवाई आज गर्दै छ ।
आज सुनुवाई हुने प्रस्तावित राजदुहरुमा महेन्द्रबहादुर पाण्डे, खड्क बहादुर केसी, नरद भारद्धाज वाग्ले, शिवमाया तुम्बाहाम्फे, अलि अख्तर मिकरानी रहनु भएको छ ।
प्रस्तावित राजदुतहरुमा चीनका लागि पाण्डे, जापानका लागि केसी, श्रीलङकाका लागि भारद्धाज वाग्ले, इजरायलका लागि तुम्बाहाम्फे, साउदी अरेवियाका लागि मिकरानी सिफारिस हुनु भएको थियो ।
सरकारले गत वैशाखको पहिलो सातामा बसेको मन्त्रीपरिषद्को बैठकले २२ देशका लागि राजदूत तथा स्थायी प्रतिनिधि सिफारिस गरेको थियो ।
यस अघि समितिले २२ मध्य परराष्ट्र सेवाबाट सिफारिस भएका ८ राजदुतहरुको सुनुवाई गरिसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline