नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डद्धारा सपथ ग्रहण

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डद्धारा सपथ ग्रहण

  • बिहिबार, साउन २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ, १९ साउन ।

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीले प्रचण्डलाई सपथ गराउनुभयो ।

सुट र भादगाउँले टोपीमा सपथ ग्रहण कार्यक्रममा सहभागी हुनुभएका प्रचण्डले देश र जनताको नाममा सपथ लिनुभयो ।

यस्तै सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, सभामुख, प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए ।

साथै बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु पनि सपथ ग्रहण कार्यक्रममा सहभागी थिए । दिउँसो तीन बजे सपथ ग्रहणको कार्यक्रम राखिए पनि मन्त्रीहरुको टुंगो नलागेका कारण आधा घण्टा ढीलो कार्यक्रम सुरु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ